Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

काठमाडौं, ४ जेठ २०८१ । राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विरोध जनाएको छ। सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो।

बैठकमा काँग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रियाहरु अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रुपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गरे।

उनले समस्या राष्ट्रिय सभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन आग्रह गरे। उनले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापनसमेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरुसमेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रुमपा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गरे।

यद्यपि, कांग्रेसका सांसदहरू उठेर विरोध जनाइरहेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो। राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल जेठ ६ गते आइतवार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ।

 

तपाईको प्रतिक्रिया