Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

झापा, ३ जेठ २०८१ । पोखरा लेकसाइडका मसाज सेन्टर (स्पा) बाट ६ जना बालिकाहरुको उद्धार गरिएको छ । बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालबाट खटिएको अनुगमन टोलीले बुधबार उनीहरुलाई उद्धार गरेको हो ।

टोलीले लेकसाइडमा सञ्चालित मसाज सेन्टरमध्ये ५ वटामा अनुगमन गरेकोमा १८ वर्षमुनिका ६ जना बालिकाहरुलाई काममा लगाइएको पाइएपछि उद्धार गरी अनुसन्धान थालेको जनाएको छ ।

टोलीले सेन्टर पोइन्ट स्पा र न्यू भिजन स्पाबाट २–२ जना, हिमालय स्पा र पारामाउन्टबाट १–१ जना बालिकाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले बताए ।

 

तपाईको प्रतिक्रिया