Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

पाल्पा, ४ जेठ २०८१ । रम्भा गाउँपालिका-५ ढाकर डाँडाकी ३१ वर्षीया मीना कुमारी लामिछानेको रुखबाट लडेर शुक्रबार मृत्यु भएको छ।

आफ्नै बारीको कान्लामा रहेको काभ्रोको रुखमा चढेर घाँस काट्ने क्रममा बिहान सवा आठ बजे उनी लडेर घाइते भएकी थिइन्।

तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया