Online Bichar
शनिबार, माघ २६, २०८१ | Saturday, February 8, 2025

काठमाडौं, ४ जेठ २०८१ । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो ।

युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको विभागले जनाएको छ । दुवै आरोही जेठ १ गतेदेखि चौथो क्याम्पबाट सम्पर्कविहीन बनेका थिए ।

प्रतिकुल मौसमले पछि ३ दिन यता आरोहण समेत प्रभावित बनेको विभागले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया