Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

गौरीगञ्ज, २४ वैशाख २०८१ । गौरीगञ्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएका महेश कुमार महतोको पीडित परिवारलाई ५ लाख ५० हजार रुपैयाँ राहत स्वरूप प्रदान गर्ने निर्णय भएको छ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

गौरीगञ्ज गाउँपालिका-६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बद्रीनारायण यादवले राहत स्वरूप ५ लाख र क्रिया खर्च ५० हजार रुपैयाँ पीडित परिवारलाई दिने कार्यपालिका बैठकले निर्णय गरेको जानकारी दिएका छन् ।

गौरीगञ्ज-६ खजुरगाछी निवासी रामदेव महतोको छोरा अन्दाजी वर्ष ११ का महेश कुमार महतोको उपचारका क्रममा वैशाख २० गते शुक्रबार मृत्यु भएको थियो । शुक्रबार बिहान अन्दाजी ६ बजे झाडापखाला लागेपछि गौरीगञ्ज अस्पताल लगिएको थियो । । उपचारका क्रममा चिकित्सक तथा कर्मचारीचारीहरूको लापरबाही भएको कारण मृत्यु भएको पीडित परिवारले आरोप लगाएका थिए । पीडित परिवार, आफन्त र स्थानीहरूले अस्पतालमा दिनभर विरोध प्रदर्शन गर्नुका दिनभर ढुंगामुढा गरेका थिए । अस्पतालको झ्यालको सिसा, ढोका तथा अस्पतालले प्रयोग गर्ने शर्वर तथा अन्य भौतिक संरचनामा लाखौँको क्षति पुगेको छ ।
गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको रोहबरमा अस्पताल व्यवस्थापन समिति र पीडित परिवार बीच सहमति भएपछि मृतकलाई पोस्टमार्टमका लागि धरान लगिएको थियो ।

 

तपाईको प्रतिक्रिया