Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौँ, २४ वैशाख २०८१ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा दुई सयले वृद्धि भई एक लाख ३५ हजार छ सय रुपैयाँ पुगेको छ । आइतबार छापवाला सुन तोलामा एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी मूल्य तोलामा एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी तोलामा एक लाख छ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया