Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

काठमाडौं, २४ वैशाख २०८१ । ठूला करदाता कार्यालयले कर नतिर्ने २५ करदाताको नाम सार्वजनिक गरेको छ।

कार्यालयले सार्वजनिक गरेका करदातामा कृषि सामग्री कम्पनी लिमिटेड, उदयपुर सिमेण्ट उद्योग, माउण्ट एभरेष्ट ब्रुअरी प्रालि, हिमाल आइरन एण्ड स्टिल प्रालि, गण्डकी विकास बैंक, शुभश्री अग्नि सिमेण्ट उद्योग प्रालि, नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज, जनक शिक्षा सामग्री केन्द्र, सुबिसु केबल नेट लगायत छन्।

पटक(पटक अनुरोध गर्दा पनि कर दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो। कार्यालयका अनुसार केही करदाताले पूरै तथा कर दाखिला नगरेको र केहीले कम दाखिला गरेको देखिएको कार्यालयले जनाएको छ।

सूचनामा १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्न वा दाखिला गरिसकेको भए त्यसको प्रमाण पेश गर्न भनिएको छ।

तोकिएको अवधिभित्र कर दाखिला नगरेमा आयकर ऐनअनुसार कारबाही गर्ने चेतावनीसमेत कार्यालयले दिएको छ।

 

तपाईको प्रतिक्रिया