Online Bichar
सोमबार, बैशाख ३१, २०८१ | Monday, May 13, 2024

इलाम, १६ वैशाख २०८१ । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा उनले कांग्रेस उम्मेदवार डम्बर खड्काले भन्दा ७८० मत बढी पाएका छन् ।

नेम्वाङले तीन हजार २४९ मत पाएका छन् भने कांग्रेसका खड्काले दुई हजार ४६९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७०३ मत पाएका छन् ।

त्यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाएका छन् ।

 

तपाईको प्रतिक्रिया