Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा निर्बाचन क्षेत्र नं – ५ को १ (क) प्रतिनिधिसभा अन्तर्गतका मतदान केन्द्र तथा वार्ड स्तरीय मत परिणाम यस्तो रहेको छ । २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा यस प्रदेशमा कमल गउपालिकाका ४ वटा वार्ड, गौरिगञ्ज गाउपालिकाका ४ वटा वार्ड र गौरादह नगरपालिकाका ८ वटा वार्ड पर्दछन् ।

निर्वाचन अधिकृतको कार्यलय क्षेत्र नं ५ ले सार्वजनिक गरेको बिस्तृत बिबरणबाट गठबन्धन तर्फका बिजयी एमालेका हिक्मत कुमार कार्की र उप बिजेता नेपाली कांग्रेसका अनिलकृष्ण प्रसाईले प्राप्त गरेको मत परिणाम यसप्रकार रहेको छ । कार्कीले खसेको कुल मतमा २४०९८ मत ल्याएर विजयी भएका हुन भने प्रसाईंले १८६३६ मत प्राप्त गरेका थिए । यस प्रदेश क्षेत्रको प्रत्यक्ष तर्फ १९८९ मत बदर भएको थियो ।

कमलगाउपालि ( साविक तोपगाछी ) अन्तर्गत
– बाँसबारी आवि र नरेन्द्र जमाविको मतदान केन्द्रमा ( सूर्य– १६४१, रुख–११६१ )
–महेन्द्र रत्न मावि मतदान केन्द्र ( सूर्य– ८४७, रुख–५८७ )
–कमल मदन आश्रित मतदान केन्द्र ( सूर्य– ११८२, रुख– ३७७ )
–सहिद धर्मभक्त मावि मतदान केन्द्र ( सूर्य–१८१७, रुख– ८३८ )
–सरस्वती मावि मयुरभिटा मतदान केन्द्र ( सूर्य–१९११, रुख–७२५)

गौरादह नगरपालिका अन्तर्गत
वाड नं १–मोती मावि र जनता मावि मतदान केन्द्र ( सूर्य– २४०३, रुख– १३९७ )
वाड नं २–अमर आवि र सरस्वती आवि मतदान केन्द्र ( सूर्य– ११८७, रुख–९१४)
वाड नं ३–सुर्योदय आवि र दुर्गादेवी आवि मतदान केन्द्र ( सूर्य– १४०३, रुख– ७५८ )
वाड नं ४–भिमसेन आवि, कंचनजंघा आवि, डोरामारी आवि र जनता आवि मतदान केन्द्र ( सूर्य– २१०६, रुख– १३८५ )
वाड नं ५–जनज्योती आवि, जमावि, भद्रकाली, स्कुलचौन मतदान केन्द्र ( सूर्य– २०३२, रुख– १४३१ )
वाड नं ६–जनता मावि, जनज्योती मावि र सहिद आवि मतदान केन्द्र ( सूर्य– १२७३, रुख– १७४६ )
वाड नं ७– गौरिया आवि, भारती आवि र श्रि आवि मतदान केन्द्र ( सूर्य– १६८८, रुख – १३४२ )
वाड नं ८–अरुणेदय आवि र प्रगती मावि मतदान केन्द्र ( सूर्य– ११६५, रुख – ११२५ )

गौरिगञ्ज गाउपालिका अन्तर्गत
वाड नं ३–गौरिगञ्ज मावि र गौरिगञ्ज आवि ठेकिटोला मतदान केन्द्र ( सूर्य– १३३४, रुख – १३९६ )
वार्ड नं ४–सरस्वती आवि कदमगाछी मतदान केन्द्र ( सूर्य– ५८९, रुख – ९५२ )
वार्ड नं ५–राष्ट्रिय आवासीय वि मतदान केन्द्र ( सूर्य– ९९३, रुख – १३४० )
वार्ड नं ६–जनता आवि, वालविकास डाँगीटोला मतदान केन्द्र ( सूर्य– ५२७, रुख – ११६२ )

तपाईको प्रतिक्रिया