Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

शान्ति सुब्बा
गौरादह, २२ जेठ २०८० । गौरादह नगरपालिका वडा नं. २ ले वार्षिक प्रगति विवरण, सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार वडा नं. २ कै कार्यालयमा सम्पन्न कार्यक्रममा वडा नं.२ भित्र भएका विकास निर्माणका कामलाई सार्वजनिक सुनुवाइ मार्फत वडाबासीलाई जानकारी गराइएको हो।

जनप्रतिनिधि निर्वाचित भएको एक वर्षमा प्रत्यक्ष जनताका सरोकारका विषयमा भएका कामलाई वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरि नागरिक स्तर सम्म जानकारी गराउनु भएको थियो । वडा भित्र रहेका टोल विकास संस्थाका पदाधिकारी, संघ संस्थाका राजनीति दलका प्रतिनिधि, स्थानीयबासी र पत्रकारहरु समक्ष एक वर्षको कामको प्रगति विवरण सार्वजनिक गर्नु भएको थियो । वडामा सिलिङ बजेटको आकार सानो भएकाले वडा बासिले चाहना गरे अनुसार काम गर्न नसकेको वडाध्यक्ष कोईरालाको भनाइ थियो। सानातिना योजनाहरु सिलिङ बजेटबाट सम्पन्न गरेको र केही ठुला योजनाहरु नगर स्तरीय बजेट मार्फत सम्पन्न गरिएको बताउनुभयो । वडा भित्रका सानातिना योजनाहरु सम्पन्न भएको बताउदै वडाध्यक्ष कोईरालाले संघीय सरकार र सहरी विकासबाट प्राप्त योजनाहरुको काम संचालन भइरहेको जानकारी गराउनु भएको थियो । टोल विकास संस्थाबाट छनौट भएर आएका योजनालाई वडा स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरेको प्रस्ट पार्नुहुँदै स्थानीय सरकारले वडावासीका समस्यालाई सम्बोधन गर्न टोल विकास संस्थाबाट आएका योजनाका आधारमा निति तथा कार्यक्रम बनाई बजेट विनियोजन गर्ने भएकाले वडाबासीलाई दुविधामा नपर्न आग्रह गर्नु भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तै, चालु आर्थिक वर्षमा वडा नं.२ भित्र प्रदेश सरकारबाट कुनै योजना नपरेको वडाध्यक्ष कोईरालाले बताउनु भयो। आगामी आर्थिक वर्षका लागि वडाबाट ठुला योजनाहरु छनौट गरि प्रदेश सरकार समक्ष पेश गरिसकेकाले योजना पर्नेमा विश्वास व्यक्त गर्नुहुँदै गौरादह नगरपालिकाबाट वडा नं.२ का लागि ६१ लाख ७८ हजार ८ सय ३५ रुपैयाँ सिलिङ वजेट विनियोजित भएको वडाध्यक्ष कोईरालाले बताउनु भएको थियो । विनियोजित सिलिङ वजेटबाट वडा भित्र आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा सामाजिक सेवा प्रवाह र क्षमता विकास, लगायतका विषयमा विभिन्न शिर्षकमा काम गरिएको वडा सदस्य शंकर कट्टेलले जानकारी गराउनु भएको थियो । अधिकांश योजनाहरु सम्पन्न भइसकेको जानकारी गराउदै सदस्य कट्टेलले ठुला केही योजना निर्माणाधीन अवस्थामा रहेको बताउनु भयो । वडाको विकासका लागि सिलिङ बजेट कम भएपनि वडाबाट भएका काम समयमै सम्पन्न भएको वडा सदस्य बिमला बाँस्तोलाले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले वजेट विनियोजन गर्दा दिगो विकास र दिर्घकालिन योजना तर्फ केन्द्रीत हुन सुझाव दिएका थिए । वडाध्यक्ष कोईरालाले सहभागीहरुले राखेका जिज्ञासाको जवाफ दिनुभएको थियो । कार्यक्रमको संचालन समेत गर्नुभएकी वडा सचिव दिपा दाहालले आन्तरिक स्रोत संकलन, घटना दर्ता, सामाजिक सुरक्षा कार्यक्रम लगायतका विषयमा वडावासीले पाएको सेवा र संकलित राजश्वको बारेमा जानकारी गराउनु भएको थियो । वडा सदस्य अम्बिका बर्देवाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया