Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024
रबिता राउत
बोल्दै गरेका शब्द हरु रोकिन्छन..!
न्यायका लागि उठिरहेका आवाज,
जब मनमा ठोकिन्छ्न
समाजको त्यो अत्याचार
निर्दोश ती
बालिका माथिको व्यबहार
तर पनि किन मौन सरकार ?
ताजै छन्
निर्मलाका बा-आमाका
आखामा आँसु छाएको
कानुन को कठघरामा
दोषी खै त् आएको ??
न्यायका लागि
जनता मात्र कति लड्ने..
साच्चै भन्ने हो भने,
ठुला भनौदाहरुले नै
समस्या बल्झाइरहेछन् ।
छ्ट्पटाइ रहेछन पीडित
न्याय नपाउदा ।
प्रशासनको त झन के कुरा गर्ने र खै??
जनताको सुरक्षा भन्दा पनि
चोर को चाकडी मै ब्यस्त छ ।
नागरिकलाई स्वतन्त्रताको
स्थान मिल्ला र खै कहिले ?
ति मानिस, मानिस होइनन्
रामको भेषमा सजिएका,
ब्यबहारका भष्माशुरहरु हुन् ।
कुशङ्गगतिको बिउ छर्ने
तिनै खेतालाहरु हुन्
देखावटी मलिन व्यबहार गरि,
मिसावटी मल छर्ने।
तिमी नै भनिदेउ…
हे नेपाल आमा !!
सुरक्षित छु ! अब म कहाँ ….?
तपाईको प्रतिक्रिया