Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

खगेन्द्र नेउपाने

कुन हाेटलमा जान्छाै हाकिम
कुन हाेटलमा जाने हाे
ह्विस्की ब्राण्डी पेग पचासाैं
काेसित प्युने खाने हाे ।
निजी मालिक ठेकेदार नेता
साथमा काे काे लाने हाे
कुन हाेटलमा जान्छाै हाकिम
कुन हाेटलमा जाने हाे ।
राष्ट्र ढुकुटी महल तिम्रो
ढिला सुस्तीकाे द्वार
राष्ट्र बिपत्ति अवसर राम्रो
लुट अति अपार ।
जाउ जाउ हे काँध मिलाउ
नेताहरूकहाँ धाउ
जनताको दुख बढाउ
काेट्याउ उनकै घाउ
तस्करसंग मीत लगाउ
नाकाबन्दी बढाउ ।
तिम्रा सन्तान विदेश बासी
भ्रमण तिम्रो खेती
मासिक तलब चुरोट चुस्की
कमिसन तिम्रो भेटी
अलकत्र चाटी जनता ढाँटी
देशलाई कता लाने हाे
कुन हाेटलमा जान्छाै हाकिम
कुन हाेटलमा जाने हाे ।

 

कार्तिक २७ गते देवकोटा जयन्ति
महाकविको कुन मन्दिरमा जान्छौ यात्री कविताको प्रभावमा

तपाईको प्रतिक्रिया