Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

लेखक- बि पि बिद्रोही

कमरेड !
सम्झना छ २०६० चैत सात गते ?
भैसी झै तातोपानीमा आहाल बस्दा
कताकता रगतको गन्ध आयो कि आएन
कम्पनी कमान्डर सहिद क सिसिरको रगत
त्यही मिसिएको थियो नि?
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
तपाईले बिर्सिए पनि
मलाई याद छ कमरेड त्यो समय
रुकुमको लिस्ने गाउ बाट रोल्पा हुदै
ढोरपाटन देखी दरबाङ ओर्लिएको त्यो रात
मङगलसेन स्मृति बृगेड,
घोराही सतबरिया स्मृति बृगेड,
बासु स्मृति बृगेड र
लिस्नेगाउ स्मृति बृगेडहरु
धौलागिरी हिमाल हल्लाउँदै
बेनि बजार छिरेको।

तपाई जुन हेलिकप्टर लिएर नुहाउन जानुभो
हो! सेनाको त्यही हेलिकप्टर थियो
कमरेड बहुबिरको टाउकोमा
अन्धाधुन्ध बम बर्साउने
नपत्याए सोध्नुस त!
त्यो रात ब्यारेक छोडेर भागेका
कालिप्रसाद गणका कर्णेल
राजु नेपालि लाई ?

बेनिबजारमा गएर गर्नुभो
पाच मिनेट मौन धारण ?
अनि बाल्नुभयो एउटा दियो ?
कमरेड छाम्नुस त एकपटक
अझै मेटिएको छैन,,,,
अलैचिका पातहरुमा लतपतियको रगत।
हेर्नुहोस त कालिप्रसाद गणको वरिपरि
भेटिनेछन अझै,,,,,,
सुनौला सपनाका कङकालहरु।

२०७५/७/२७

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments