Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

झगेन्द्र खड्का
गौरादह, १२ चैत २०७७ । संघिय सांसद राजेन्द्र लिङदेनले राप्रपा राजनीतिक रुपले मात्र नभई बैचारिक रुपमा पनि फरक बिचार भएको पार्टी भएकाले अबको बैकल्पिक शक्तिको रुपमा राप्रपा स्थापित हुने बताएका छन। राप्रपाको गौरादह एकता नगर अधिबेशनलाई सम्बोधन गर्दै सांसद लिङ्देनले अन्य पार्टीको एजेन्डा एउटै भएकाले फरक एजेन्डा बोकेको पार्टी राप्रपा मात्र भएको बताएका छन।

नेपाली भूमि, परिबेश र संस्कार अनुसारको राप्रपाले एजेन्डा बोकेकाले अबको निर्वाचनमा पार्टी अगाडि बढ्ने बताएका छन। राप्रपाले अंगिकार गरेका एजेन्डा नेपालीको संस्कार अनुसारको भएकोले निकट भबिष्यमा नेपाली जनताले राप्रपालाई १ नंम्बर पार्टीको रुपमा स्थापित गर्ने बिस्वाश रहेको धारणा राखेका छन। गौरादह नगरपालिका वडा नं.७ को अतिथि सदन भवनमा सम्पन्न अधिबेशनले पुन: शान्ति राम पौडेलको अध्यक्षमा २७ सदस्यीय समिति सर्बसम्मत चयन गरेको छ।समितिका अन्य पदमा भने पहिलो बैठकबाट पद बाँडफाँड गरिने जनाइएको छ।

पार्टीका नगर अध्यक्ष शान्ति राम पौडेलको सभापतित्वमा सम्पन्न अधिबेशनमा पार्टीका प्रदेश नं.१ सदस्य राम थापा,केन्द्रीय सदस्यहरु लक्ष्मीप्रसाद संग्रौला, गोपाल पौडेल, झापा जिल्ला अध्यक्ष अमर बहादुर बिष्ट लगायतले शुभकामना मन्तब्य राखेका थिए।नगर कोषाध्यक्ष इन्दिरा आचार्यले शुभकामना मन्तब्य राखेको कार्यक्रममा नगर सचिब रमेश कुमार थापाले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया