Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौं,१२ चैत २०७७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अरब गणतन्त्र इजिप्टका राजदूत इमान मुस्तफा अब्दु अहमदबीच भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्वीपक्षीय सम्बन्धलाई लिएर कुराकानी भएको परराष्ट्र मन्त्रालयकी प्रवक्त सेवा लम्सालले जानकारी दिनुभयो ।

राजदूत अहमदको कार्यकाल सकिन लागेको हुनाले उहाँहरूको भेट नियमित भेट भएको लम्सालको भनाइ छ ।

राजदूतहरूले आफ्नो कार्यकाल सुरु भएपछि र अन्त्य हुनुअघि परराष्ट्रमन्त्री लाई भेट्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया