Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौँ ,९ चैत २०७७ । — प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच सोमबार भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेट तीन बुँदे सहमति अनुसार बन्दी रिहाइका विषयमा केन्द्रित रहेको नेकपा केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए ।

भेटमा प्रधानमन्त्री ओलीले सहमतिअनुसार नै प्रक्रिया सुरु भएको र क्रमशस् बन्दी रिहा हुने जानकारी गराएको केन्द्रीय सदस्य चलाउनेले बताए । नेकपाका अनुसार अझै एक सय ४८ जना नेता कार्यकर्ता जेलमै रहेको चलाउनेले बताए । छलफलमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए । यसअघि तीन बुँदे सहमति पत्रमा हस्ताक्षर हुने दिन बिहान प्रधानमन्त्री र चन्दबीच बालुवाटारमा भेट भएको थियो ।

फागुन २१ मा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा क्रमशस् बन्दी रिहाइ गर्ने उल्लेख छ । तर, सहमति अनुसार बन्दी रिहाइमा विलम्ब भएको भन्दै चन्द प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।

फागुन २१ मा सरकार र नेतृत्वको पार्टीबीच नेकपा शान्तिपूर्ण राजनीतिमा आउने, पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने तथा कारागारमा रहेका नेकपाका नेता(कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति थियो ।

तपाईको प्रतिक्रिया