Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

चन्द्रगडि, २० आस्विन । वर्तमान साहित्य प्रतिष्ठान , चन्द्रगडिको आयोजनामा आज काव्यमा अभिनय कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानको बिसौं बार्षिक उत्सबका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

साहित्यकार केसब आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा कविहरु सुन्दर कुरुप , सीता आस्था , जितेन राई र मेची पुत्रका कविताहरुमा कलाकारहरुले अभिनय गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यक्रममा कवि बिरही अधिकारी , लिला अनमोल , खगिन्द्रा खुसी , कृष्ण सुबेदी निराकार , देविचरण भण्डारी , अस्मिता रुचाल लगायतले कविता वाचन गरेका थिए ।

वर्तमान साहित्य प्रतिष्ठानका पुर्ब अध्यक्ष राजु बरालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठ , साहित्यकार चुडामणिा रेग्मी , पुन्य खरेल , र भवानी छेत्रीले शुभकामना मन्तब्य राखेका थिए ।

निकास पाण्डेको सन्चालन र डिल्लिरमण नेपालको स्वागत मन्तब्य रहेको कार्यक्रमको अध्यक्षता कृष्ण अनमोलले गरेका थिए ।

तपाईको प्रतिक्रिया