Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

दमक, २७ साउन । दमक पब्लिक लाइब्रेरीमा साँस्कृतिक र साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
युथ टिमले आयोजनामा अन्तरास्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको दुइदिने विशेष कार्यक्रममा साँस्कृतिक र साहितियक कार्यक्रम भएको थियो ।

दमक पब्लिक लाइब्रेरी युथ टिमको पाँचौ स्थापना दिवसको अवसर पारेर उक्त युथ टिमले एक दिने सास्कृतिक ,साहित्यिक ,अभिप्रेरणात्मक विशेष सम्मानको कार्यक्रम गरेको थियो ।
कार्यक्रममा युथ टिमका अध्यक्ष दधिराम ढकालको अध्यक्षतामा र नेपालका कान्छा सामाजिक अभियान्ता केपि खनाल प्रमुख अतिथि रहेका थिए ।

प्रत्येक बर्ष अन्तरास्ट्रिय युवा दिवसको दिन दमक पब्लिक लाइब्रेरी युथ टिमले बिगत पाँच बर्ष देखि निरन्तर आफ्नो बार्सिक उत्सव कार्यक्रम मनाउदै आएको छ ।
यसरी युवा र समाजलाई एकै ठाउँ बाट जोड्दै आएको लाइब्रेरी युथ टिमले आज बिहान ५ किलोमीटरको खुला म्याराथनको आयोजना गरि कार्यक्रम समापन गरेको हो ।

दमक रनको प्राविधिक सहयोगमा लाइब्रेरी युथ टिमले आयोजनामा गरिएको खुला ५ किलोमीटर दौड मा पुरुष तर्फ पहिलो स्थान याङदेब राई दोस्रो स्थान प्रबिन बोहरा र तेस्रो स्थान मेघराज राई ले हात पारेका थिए ।

यसरी नै महिला तर्फ पहिलो स्थान चन्द्रकला श्रेष्ठ दोस्रो स्थान सोनि राई र तेस्रो स्थान दीक्षा दुलाल ले प्राप्त गरेका छन् । बिजेताहरु लाई क्रमशः ५ हजार ३ हजार र २ हजार रुपियाँ पुरस्कार राशी प्रदान गरिएको दमक पब्लिक लाइब्रेरीका संथापक प्रो.भेषराज न्यौपानेले जानकारी दिए । प्रदेश आवजबाट

तपाईको प्रतिक्रिया