Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

–देबेन्द्र कुमार खड्का

हिमाल,पहाड,डाँडा र काँडा समथल तराई
जाति,र वर्ण सस्कृति अलग कोही छैन पराई ।।

विविध जाती वर्ण र भाषा विशाल संस्कृती
नझुक्ने कहिले शत्रुको सामु वीरका सन्तती ।।

नेपाली हामी एकजुट भई गरौन उन्नत्ती
आउन सबै मिलेर गरौ देशको उन्नती ।।

देश यो हाम्रो विश्वमा राम्रो ईश्वरको कल्पना
मिलेर सबले गर्नुछ पुरा आमाको सपना ।।

समृद्ध नेपाल बनाउन अब जुट्नु छ सबैले
गर्नुछ विकास देशका लागि उठ्नु छ सबैले ।।

हिमाल पहाड डाँडा र काँडा समथल तराई
जाति , वर्ण संस्कार अलग भएनी कोही छैन पराई ।।
                         गौरादह, झापा

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments