Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

मुना खनाल

आस्वासन मात्र दिने काम भने गर्नु छैन
समयमै सहमति गर्न पनि जान्या हैन ।
भ्रमणको निउँपारी हिड्छन् कता–कता
यस्तै छन् है हजुर नेपालका हाम्रा नेता ।।

सहमति हुन्न भन्दै नमिलेझैं गरिरहन्छन्
विकास बजेट झ्वाम पार्न अंकमाल गर्छन् ।
भ्रष्टाचारी नेताको तागत कुर्सी अनि पद
यस्तै छन् है हजुर नेपालका हाम्रा संसद ।।
विकासको खोक्रो सपना मात्र बडिहिड्छन्
चुनावमा भोट माग्न पैसा उडाउदछन् ।
राजनीतिको बदनाम गरि कमाए सम्पत्ति
यस्तै छ है हजुर हाम्रा नेताहरुको मति ।।
कहिले बन्ला नेपाल हाम्रो आत्मनिर्भर देश
विदेशिएका पाखुरीको छिट्टै होस् है भेट ।
अशिक्षा र भ्रष्टचारलाई जरै देखि मेटाउँ
जुटौं जनता सबै स्वदेशलाई नै समृद्ध बनाउँ ।।
जनता मावि
गौरादह – १, झापा
तपाईको प्रतिक्रिया