Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

            लेखक – इन्द्र न्यौपाने

मन्त्री ज्यू बधाई छ ।
तपाइका पदचापहरू
तपाईका नजरहरू
तपाईका योजनाहरू

तपाईका मनहरू
संदा जनपृय बनुन
शुभकामनाछ ।

तपाई मन्त्री भएपछी
गदगद भएको मन बोकेर पनि
मानिसको भिडहरू भित्र
म तपाई सामु तंछाडमछाड गरिन
अब कहिल्यै नभेट्ने जस्तो
फोटो खिच्न हतारिइन
तपाई त मेरो मनमै हुनुहुन्छ नी मन्त्री ज्यू
अस्ति मैले स्वाभिमान त दिएकोछु ।

कि चित्तसानो पार्नुभो ?
त्यो मुला म यती ठूलो मान्छेहुंदानी
नजिक आएन भनेर ! ?
तेसो नसम्झनु होला
त्यो भूलहुनेछ
म त मन्त्री ज्यू फोटो र मालाहरूमा हैन
तपाईको सपनामा छु
तपाईको उज्यालो भविष्यको
बाटोको लौरो बन्न चाहान्छु
यो देश बनाउन
नागरिक खुसीको लागि
एउटा अमर इतिहांस
यो देशमा तपाईको नाममा लेखियोस भनेर..

हो मलाई थाहा छ
केही मानिसहरू
झोलामा फाएलहरू बोकेर
हातमा माला लिएर आएकाछन
तपाईको स्वागतमा
केही मानिसहरू
मनमा सपना लिएर
नमस्ते भन्दै
ठिड्गीएका छन तपाई सामु

म तपाईको भक्त हो मन्त्री ज्यू
यो देश निर्माण खातिर
तपाईको पलपलमा
मनका फूलहरू चडाउंछु
मेरो कुनै फाएल छैन
हजुर सामु चडाउने
मेरो कुनै माग छैन
हजुर सड्ग माग्ने

म त त्यै कुरा सम्झीरहेछु
जुन हजुरले भन्नुभाथियोनी
एउटा असल मानिसले
समय र मौका पायो भने
यो देश बदल्न महाभारत छैन
एउटा इच्छाशक्ति भएको मानिस चाहिन्छ
यो देशको मुहार फेर्न
मलाई ति शब्हरूले
मनहरूमा दिशा निर्देश गरेकोछ
मलाइ त्यै समय आयो भन्ने लागेकोछ

मन्त्री ज्यू तपाई कार्यकालको
नेपाली इतिहांसको पाना
यो लोकले पढ्न सकोस
यो यात्रामा कतै तपाईलाई
अप्ठ्यारो र असहज भयोभने
फूलहरू मात्र हैन
बलिदानको छाति थाप्न तैयारछु म
मन्त्री ज्यू समय, समाज
सम्भावना र वर्तमान छ तपाईसड्ग
बधाई
शुभकामना
हृदयको पड्तिबाट
नओइलिने माला
बधाई
तपाईलाई सम्झेर
कहिल्यै निरस कविता कोर्नु नपरोस
यी हातहरूले..

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments