Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

            लक्ष्मी प्रसाद बराल,

नभुलहै यो हाम्रो सभ्यता
पुर्खादेखि पाएको इज्जत,
यो देशको निसाना हो सगरमाथा पनि
बुद्द जन्म भइदिँदा गौरव गछौँ हामी
माथि माथि शिखरमा यी नेपाली हाँस्ने
साझ्- विहान डाँफ मुनाल आनन्दले नाच्ने
नभुलहै यो हाम्रो सभ्यता
पुर्खादेखि पाएको इज्जत ।

पर्वत र हिमशिखर सम्पदाका खानी
गहना हुन् यो देशका नदी नाला पनि
देउराली र देवी द्यौता गुराँशका  फूल
गुफ मन्दिर तपो भुमी इतिहासका मूल ।

शिलालेख ताम्रापत्र मानौ प्राचिन काल
 झल्काउने दर्पण हो इतिहासका माल
यसै सँग गासिएर फूल्ने फूल हो की
संंँसारको गतिलाई भुल्ने कोही छ की ।

सीता यौटी आदर्श हुन् नेपालकी छोरी
श्री रामले लानुभयो शुभलगन हेरी
पुन्य भूमी पारीदिए जनकपूर  फेरी
मालुम हुन्छ आजपनि इतिहास हेरी ।

ऋषि मुनी बास गर्ने तपो भुमी हाम्रो
संस्कृतिले सजाउदा हेर कति राम्रो
कहिल्यै पनि ननासिने चन्द्र सर्य ज्योती
नेपालको झण्डा हाम्रो  झल्काईदिउँ मोती ।

सप्तकोसी नारायणी गण्डकी र काली
भेरी सेती पबित्र छन्  अर्की ती कर्णाली
यीनै नदी उर्जा हाम्रा देश बनाउने
यो देशमा बिकासको मुलफुटाउने।

गौरादह बजार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments