Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

                   इन्द्र न्यौपाने
माफ गर!!!
माफगर !!!
मेरो पृय….
मअझै मरेकी छैन
तिम्रो चाहानाको आकाश
म अझै चडेकीछैन
समयको प्रभाहालेमलाई
यै लोकमा हल्लाईरहेछ
श्रदान्जलीको नाममा
अंन्जुलीउठाउनेतिम्रो इच्छा
पुरा हुन पाएकोछैन।

मलाई थाहाछ
तिमीलाई मेरो याद मिठो लाग्दैन
मेरो बारेमा कुरागरेको मन पर्दैन
मेरो बारेको खोज खवर ठीक लाग्दैन
आफ्नो सिंड्गै अतित मेटाएर
मेरो नाममा तर्पण दिन
मनछ तिमीलाई
मैले बुझेकीछु तिम्रोकुरा
मैले महसुष गरेको छु तिम्रो भावना
तर…
आजसम्म तिम्रो खुसीमा
साथदिन सकेको छैन
तिम्रो निष्कलंकित बिहान
तिमीसामु
पठाउन सकेको छैन
दुर्भाग्य!!!
म अझै मरेकी छैन

तिमी चाहान्छौ ती सन्तानले
आमा सोच्नु नपरोस
ती छोराहरूले
आमा भावनामै धृणा गरून
यो पृथीवी एक पटक हल्लियोस
र मकतै हराउ
यो धरति फाटोस
र म त्या बिलाउ
दुर्भाग्य…..
इश्वरको अदालतमा
तिम्रो पक्षमा फैसला नहुंदा
तिम्रो मन चड्गा हुन सकेको छैन
म मरेको समाचार….
कतै कसैले भनेको छैन
हो म मरेकी छैन….

मलाई ती सुखद बैंसहरूले भन्दा
मेरो मातृत्वले तिमी नजीक राखेकोछ
मलाई तिम्रो प्रेमको निसानी
यो सिन्दुर र पोते
दाउरामा सुतेर मात्र फाल्न मनछ
तिम्रो सामिप्यतामा
मेरो निशानी भूलेका
मेरा संन्तानकोअनुहारमा
मलाई म खोज्न मन छ
र त म पर सरेकोछैन
चाहेर पनि
जानेर पनि
म मरेकी छैन

बिश्वास गर
म तिमीलाई चोट दिनेछैन
भरोसा गर
म तिम्रो बिरोधी हैन
सपना र इच्छा
हुंदोरैछ सवैमा
हो म त्यै अंध्यारोमा
जुनकिरीबनेर
उडिरहेकीछु
आवश्यक परे ……
मरी भनिदिएहुन्छ
म मन दुखाउने छैन
म फगत मेरो लागि
मेरा रहर

सपनाको लागि
तिम्रो खिलापमा
केही केहीगर्ने छैन
सायद होला …..
मानिसहरू यसै भन्छन
तिम्रोलागि
दस्खद खवर
पृय
हो म अझै
मरेकी छैन…..

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments