Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौँ, ७ पुष २०७७ । सरकारले बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएसँगै मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

वैज्ञानिकहरूले बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएको अवगत गराएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आइतबारदेखि डिसेम्बर अन्त्यसम्म टियर फोरको नयाँ प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए ।

यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ। पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बसी जाँच गरेपछि मात्र घररगन्तव्य जान पनि अनुरोध गरेको छ।

यस्तै मंगलबार नेपाल आउन ट्रान्जिटमा रहेका सबैलाई अनिवार्य रुपमा १० दिन होटल क्वरेन्टाइनमा बसी परीक्षण गरेर मात्र घर गन्तव्य जान पनि सरकारले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया