Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

गौरादह, २४ भदौ । झापाको गौरादहमा परिवर्तनका लागि युवा अभियानको गठन गरिएको छ । समाजको सकरात्मक परिवर्तनको पक्षमा युवाहरुको रचनात्मक र संगठित भूमिका आवस्यक भएको भन्दै अभियान गठन गरेको बताइएको छ ।नगरपालिकामा जनप्रतिनिधिहरु जनचाहना बिपरित चलेको भन्दै स्वतन्त्र युवाहरूको स्वतस्फूर्त भेलाबाट अभियान गठन गरिएको भेलामा सहभागिले बताए ।

भेलाले उमेश कार्की (सन्तोष) को अध्यक्षतामा ११ सदस्यीय मूल कार्यसमिति सहित विभिन्न उपसमितिहरु समेत गठन गरिएको जनाइएको छ । नव गठित समितिको प्रथम उपाध्यक्षमा हरि खत्री, द्वितीय उपाध्यक्षमा सुर्य बिष्ट र तृतीय उपाध्यक्षमा किशोर थापा, सचिवमा अशोक कार्की, सह सचिबमा सुस्मिता लोहनी, कोषाध्यक्षमा मन्जु भुजेल तथा सदस्यहरुमा प्रकाश बिष्ट, शकेन्द्र ताजपुरिया, नारायण नेपाल रहेका छन् ।

यसैगरी संस्थाको प्रचारप्रसार संयोजकमा सन्चार क्लब गौरादहका सदस्य सुमित भण्डारी, सदस्य सागर राउत र सकेन्द्र ताजपुरिया, इन्टेलिजेन्स ब्युरोको संयोजकमा ठाकुर घिमिरे, सदस्यमा हरि खत्री, प्रकाश बिष्ट तथा नारायण नेपाल रहेका छन् । समन्वय समिति (वार्ता) को संयोजकमा भुवन खड्का, सुर्य बिष्ट र राजिव पोख्रेल रहेका छन् ।

त्यसैगरी खेलकुद समितिमा संयोजकमा निमेष भण्डारी, कृष्ण ताजपुरिया र रुपेश साह रहेका छन् भने सचिवालयमा अशोक कार्की, प्रशान्त फुयाल र मनोज राई, कानुनी सल्लाहकार अधिवक्ता तिलक तिम्सिना,प्राविधिक सल्लाहकार ईन्जिनियर नितेस बस्नेत , सल्लाहकारमा सान नेपाल र संरक्षकमा केदार खड्का रहेका छन् ।

बुधबार १ नं. वडा कार्यालय परिसरमा सम्पन्न भएको कार्यक्रममा अभियानको औचित्य बारे प्रकाश पार्दै सल्लाहाकार सान नेपालले राजनीतिक बेथितिको अन्त्य गर्न युवाहरु संगठित हुनुको विकल्प नरहेको भन्दै समाजमा देखिने भ्रष्टाचारजन्य क्रियाकलापको अन्त्य गर्नमा युवाहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए ।

त्यसगरी समितिका संरक्षक केदार खड्काले गौरादहबाट शुरु गरिएको अभियानले देशब्यापी रुप लिने कुरामा आफू विश्वस्त रहेकोे भन्दै संसारमा ठूला ठूला परिवर्तनमा युवाहरुकै हात रहेको बिचार व्यक्त गरे ।

युवाहरुले उठाएका जिज्ञासाको समाधानमा समन्वय समितिका भुवन खड्काले सहजीकरण गरेका थिए भने नव गठित संस्थाका अध्यक्ष र सचिबले संस्थालाई जीवन्त राख्न र घोषित उद्देश्यलाई पूरा गर्न जस्तोसुकै संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा उल्लेख्य संख्यामा युवाहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया