एजेन्सी, २९ फागुन २०७८। चीनमा २ वर्षपछि एकै दिन आइतबार २ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् । चीनमा कोरोना नियन्त्रणमा आइसकेको दाबी गरिएको बेला २ वर्षपछि फेरि कोरोना संक्रमण फैलिन थालेपछि विश्वभर चिन्ता बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । चीनका धेरै शहरहरुमा कोरोनाका नयाँ संक्रमित देखिन थालेका पनि संचारमाध्यमहरुले जनाएका छन् । कोरोना महामारी विश्वभर नियन्त्रणमा जान थालेको विश्लेषण भइरहँदा चीनमा फेरि संक्रमण बढ्नु विश्वकै लागि चिन्ताको विषय भएको छ । जसले गर्दा फेरि कोरोना महामारीको नयाँ लहर आउने…
अन्तर्राष्ट्रिय
यमनको गृहयुद्धमा दुई महिनाको अवधिमा कम्तीमा ४७ बालबालिकाको मृत्यु
एजेन्सी, २८ फागुन २०७८ । यमनको गृहयुद्धमा दुई महिनाको अवधिमा कम्तीमा ४७ बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै युद्धमा थुप्रै बालबालिका अङ्गभङ्ग भएको जनाएको छ । जनवरी र फेब्रुअरी महिनामा हिंसामा वृद्धि भएपछि कम्तीमा ४७ बालबालिका ‘हत्या वा अपाङ्ग’ भएको युनिसेफले जनाएको हो । गृहयुद्धको चपेटामा सबैभन्दा बढी बालबालिका परेको पनि यमनका लागि युनिसेफका प्रतिनिधि फिलिप डुआमेलले जनाएका छन् । साउदी नेतृत्वको सैन्य गठबन्धनले मध्यपूर्वी देश यमनमा हवाई आक्रमण सुरु गर्दा…
युक्रेनसँग युद्ध भएको १६ औं दिनमा आइपुग्दा रुसले हमलालाई तीव्र बनाउँदै
एजेन्सी, २७ फागुन २०७८ । युक्रेनसँग युद्ध भएको १६ औं दिनमा आइपुग्दा रुसले हमलालाई तीव्र बनाउँदै लगेको छ । गत मंगलबार एक दिनका लागि युद्धविराम गरेको रुसले पुनः आक्रमण तीव्र पारेको हो । रुसी हवाई हमलामा युक्रेनको ऐतिहासिक रंगशाला ध्वस्त भएको छ । पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको नाममा स्थापित उक्त रंगशाला शुक्रबार विहान रुसले गरेको हवाई हमलामा ध्वस्त भएको हो । सोही हमलामा एक जनाको मृत्यु भएको छ । युक्रेनको प्रशिद्ध लाइब्रेरी पनि ध्वस्त भएको छ । युक्रेनका महत्वपूर्ण…
रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोत विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगायो
एजेन्सी, २१ फागुन २०७८ । रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ। मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरहरूको रूसी वेबसाइटहरू सबै ब्लक गरिएको बताए ।‘मार्च २०२२ मा, रुसी भाषामा फेसबुक नेटवर्क ९मेटा प्लेटफर्म, इंकको स्वामित्वमा रहेको० मा पहुँच रोक्ने निर्णय गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले हाम्रा सेवाहरू पुनर्स्थापना गर्न सक्दो प्रयत्न जारी राख्नेछौं ताकि तिनीहरू सुरक्षित रूपमा आफूलाई अभिव्यक्त…
सामसुङले रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने
एजेन्सी, २१ फागुन २०७८ । दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व) का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ । यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीहरूसँग सम्मिलित भएको हो । युक्रेनी सञ्चारमाध्यमले जनाएअनुसार विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण मार्च ५ देखि रूसमा आफ्नो आपूर्तिलाई रोकेको हो । यसअघि अमेरिकी प्रबिधि कम्पनी एप्पलले पनि युक्रेनमा रूसी सैन्य परिचालनका कारण रुसमा आफ्ना सबै…
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा केन्द्रीय बजेटको घोषणा
काठमाडौं, ११ फागुन २०७८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय बजेटको घोषणा गर्नुभएको छ । उहाँले यो बजेटले ग्रामीण विकास क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने बताउनुभएको हो । उहाँले राष्ट्रिय वेबिनारलाई सम्बोधन गर्दै बुधबार आज पैसा हाम्रो गाउँको लागि साइलो हटाउन, रूपान्तरण र फाइदा उठाउने जतिको समस्या नभएको बताउनुभयो । त्यस्तै, राष्ट्रिय शिक्षा नीतिका विषयमा जानकारी दिँदै बालबालिकालाई स्थानीय सीपसँग परिचित गराउनुपर्ने उहाँको तर्क छ । त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले भाइब्रन्ट बोर्डर भिलेजको समेत विस्तृत जानकारी गराउनु भएको भारतीय संचार…
भारतका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई ५ वर्ष जेल सजाय र ६० लाख भारतीय रुपैयाँ जरिवाना
एजेन्सी, ९ फागुन २०७८ । भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई ‘चारा घोटाला’ मुद्दामा ५ वर्षको जेल सजाय र ६० लाख भारतीय रुपैयाँ जरिवाना सुनाइएको छ । १३९.३५ करोड भारु अपचलनको मुद्दामा लालुसँगै ३८ जनालाई राँचीको विशेष सीबीआई अदालतले सोमबार भिडियो कन्फ्रेन्समार्फत सजाय सुनाएको हो । झारखण्डसँग जोडिएको चारा र पशुपालन घोटालको यो पाँचौं तथा अन्तिम मुद्दा थियो । १५ फेब्रुअरीमा अदालतले लालू यादवलाई यस घटनामा दोषी ठहर गरेको थियो । २०१७ मा चारा र पशुपालन घोटालाको अन्य मुद्दामा सजाय पाएपछि…
अमेरिकाकी एक मोडलको उनको एक प्रशंशकले एउटा दाँतको मूल्य २४ लाख तोके
काठमाडौं, ८ फागुन २०७८ । अमेरिकाकी एक मोडलको उनको एकजना प्रशंशकले एउटा दाँतको मूल्य २४ लाख तोकेका छन् । एली रे नामकी ती मोडलले सामाजिक सञ्जाल मार्फत यो विचित्रको अनुभव सुनाएकी हुन् । एलीका एक प्रशंसकले उनको दाँत मागेका थिए ।बेलायती पत्रिका ‘डेली स्टार’का अनुसार ती प्रशंसकलाई एलीको दाँत निकै मन परेको थियो । दाँतका लागि ती व्यक्ति एलीलाई मोटो रकम तिर्न समेत राजी भए र उनले दाँत किन्ने जिद्धि गरे । उनले एलीको एउटा दाँतको मुल्य २४ लाख तोके…
पौडी खेल्न गएका एक व्यक्तिलाई सार्क माछाले निल्या
काठमाडौं, ६ फागुन २०७८ । अष्ट्रेलियामा समुन्द्रको किनारमा पौडी खेल्न गएका एक व्यक्तिलाई सार्क माछाले आक्रमण गरेको छ । सिड्नीको समुन्द्रमा पौडी खेलीरहेका बेला ती व्यक्तिलाई सार्कले आक्रमण गरेको हो । सार्कले आक्रमण गर्ने बित्तिकै ती व्यक्ति मद्दतका लागि चिच्याएका थिए । उनको चिच्याहट सुनेर समुन्द्रको छेउमा पौडी खेल्न गएका व्यक्तिहरु उनी तर्फ गए । तर त्यतिबेला ढिला भइसकेको थियो । अरुका अगाडि सार्कले ती व्यक्तिको शरीरलाई दुईटुक्रा पार्यो र निल्यो । आफ्नो आँखा अगाडि यस्तो हृदयविदारक घटना देखेर उनलाई…
भारतीय संगीत क्षेत्रका संगीतकार तथा गायक बप्पी लहरीको निधन
काठमाडौं, ४ फागुन २०७८ । भारतीय संगीत क्षेत्रका चर्चित एवं लोकप्रिय संगीतकार तथा गायक बप्पी लहरीको ७० वर्षको उमेरमा निधन भयो । मंगलबार राती अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा पुर्याइएका उनको बुधबार विहान निधन भयो । करिब ५ सयभन्दा बढी गीतको रचना गरेका लहरी संसारभर ‘बप्पी दा’का नामले प्रख्यात छन् । उनलार्ई धेरै दर्शकले सुनका गहना धेरै लगाउने गायकका रूपमा समेत चिन्छन् । सन् १९५२ नोभेम्बर २७ मा भारतको जलपाइगुडीमा जन्मिएका उनको वास्तविक नाम आलोकेश लहरी हो…