Online Bichar
बुधबार, कार्तिक १९, २०८३ | Wednesday, November 4, 2026

काठमाडौं, १८ कार्तिक २०८३ । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गर्दै कंग्रेस (संसद्को)  नियन्त्रण आफ्नो हातमा लिएको छ । यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका बाँकी दुई वर्षमा कंग्रेसमा डेमोक्रेटहरूको प्रभाव रहने देखिएको छ ।

यसअघि रिपब्लिकनको बहुमत रहेको दुवै सदन यो मध्यावधि निर्वाचनमार्फत डेमोक्रेटिक पार्टीले रिपब्लिकनबाट खोसेको हो । यसलाई रिपब्लिकन पार्टीको ऐतिहासिक पराजयका रूपमा हेरिएको छ । डेमोक्रेटहरूले केही महिनाअघिसम्म कल्पना नगरेको स्तरको सफलता हासिल गरेको बीबीसीले जनाएको छ ।

सिनेट चुनावमा डेमोक्रेटहरूले रिपब्लिकनको बलियो पकड रहेका टेक्सास, ओहायो र कन्सासजस्ता राज्यमा अप्रत्याशित जित हासिल गरेका छन् । यी राज्यमा दशकौँपछि डेमोक्रेटिक उमेदवार विजयी भएका हुन् । कान्सासले झन्डै एक शताब्दीपछि पहिलोपटक डेमोक्रेटिक सिनेटर निर्वाचित गरेको हो । नर्थ क्यारोलाइना र ओहायोमा पनि डेमोक्रेटहरूले सिनेट सिट जितेका छन् ।

कंग्रेसका दुवै सदनमा नियन्त्रण पाएसँगै डेमोक्रेटहरूले ट्रम्पका आगामी योजनामा अवरोध गर्न, उनको प्रशासनमाथि निगरानी बढाउन र अनुसन्धान अघि बढाउन सक्ने बताइएको छ । उनीहरूले ट्रम्पविरुद्ध तेस्रोपटक महाअभियोग प्रक्रिया अघि बढाउने प्रयास समेत गर्न सक्ने विश्लेषण गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको बताएका छन् । कुराकानीमा डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको भन्दै आफू केही आश्चर्यमा परेको बताएका छन् । उनले इन्धनको महँगो मूल्यले रिपब्लिकन उमेदवारलाई चुनावमा असर पारेको पनि स्वीकार गरेका छन् ।

ट्रम्पले इरानसँगको तनावबारे बोल्दै अमेरिकाले थप कडा कदम चाल्नुपर्ने हुन सक्ने बताएका छन् । उनले इरानलाई आणविक हतियार बनाउन नदिने आफ्नो अडान दोहोर्याएका छन् ।

उच्च जीवनयापन खर्च, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताको असन्तुष्टि चुनावी नतिजामा देखिएको समाचार संस्था एपीले जनाएको छ । सिनेटमा बहुमत पाएसँगै डेमोक्रेटहरूले ट्रम्पका नीति तथा योजनामाथि संसदीय निगरानी बढाउन र उनको प्रशासनमाथि अनुसन्धान अघि बढाउन सक्नेछन् ।

तर, प्रतिनिधिसभाको नतिजा र दुवै सदनबीचको शक्ति सन्तुलन स्पष्ट हुन बाँकी छ । बीबीसी

तपाईको प्रतिक्रिया