Online Bichar
बुधबार, कार्तिक १९, २०८३ | Wednesday, November 4, 2026

काठमाडौं, १८ कार्तिक २०८३ । राष्ट्रिय अनुसन्धान विभागका अधिकृत हिराबाबु भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भट्टराईले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट लिएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारले जनाएको छ ।

नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट पठाएको जवाफमा उक्त प्रमाणपत्र जारी नगरिएको तथ्यका आधारमा भ्रष्टाचार मुद्दा दायर भएको हो । भट्टराईलाई भ्रष्टाचारमा सजायको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया