काठमाडौं, ११ कार्तिक २०८३ । स्पेनमा दुई रेल आपसमा ठोक्किँदा बुधबार बिहान कम्तीमा १० जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य यात्रु घाइते भएका छन् भने मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहान ९ बजे उक्त दुर्घटना भएको बताइएको छ ।
क्षेत्रीय सरकारका प्रवक्ताका अनुसार ‘एभीई’ सञ्चालित रेलमा ३९७ र ‘आइरियो’ सञ्चालित अर्को रेलमा १४६ यात्रु सवार थिए । एम्बुलेन्स तथा आपत्कालीन उद्धार टोली निरन्तर परिचालित छन् ।






