Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा – नेकपा माओवादी केन्द्र गौरादह झापाले वार्ड भेला सम्पन्न गरेको छ । नगरपालिकाका नौ ओटा वार्डको वार्ड भेलाले नयाँ वार्ड कमिटि निर्वाचित गर्नुको साथै नगर भेला प्रतिनिधि,पर्यवेक्षक समेत चयन गरेको जानाइएको छ ।

माघ १ गते वाड नं. १ बाट सुरु भएको वडा भेला माघ १२ गते सम्पन्न भएको नेकपा माओवादी केन्द्रका युवा नेता तथा झापा क्षेत्र नं. ५ का इन्चार्ज गगन पुरीले बताए । निर्धारित समय तालिकामा वार्ड भेला सम्पन्न गरेकोमा नेता पुरीले नेकपा माओवादी केन्द्र गौरादह नगर समितिलाई बधाई समेत दिएका छन् ।

सो वार्ड भेलाबाट वार्ड अध्यक्षहरुमा क्रमशः वार्ड नं. १ मा खिकबहादुर थापा, वार्ड नं.२ मा राजन खनाल, वार्ड नं.३ मा रामप्रसाद पौडेल, वार्ड नं. ४ मा गंगा प्रसाईं, वार्ड नं. ५ मा मिनबहादुर चेम्जुङ, वार्ड नं ६ मा कोकिल ताजपुरिया, वार्ड नं. ७ मा लक्ष्मी राजवंशी, वार्ड नं. ८ मा गणेश राजवंशी र वार्ड नं. ९ मा जगिराम अधिकारी निर्बाचित भएको माओवादी केन्द्रका गौरादहका नगर इन्चार्ज पुष्प ढकालले बताए ।

उनले यही माघ २१ गते गौरादह नगर भेला सम्पन्न गर्ने मिति समेत तोकिएको र सो नगर भेलाले माओवादी केन्द्र गौरादहको नयाँ नेतृत्व समेत चयन गर्ने बताए । इन्चार्ज ढकालका अनुसार नगर भेलाका लगि ६१ जना प्रतिनिधि चयन हुने जस अनुसार वार्ड भेलाबाट ५७ जना चयन भैसकेका र थप ४ जना भेला आयोजक समितिले मनोनित गर्ने छ ।

तपाईको प्रतिक्रिया