झापा, १३ साउन २०८३ । भारतबाट भित्र्याउँदै गर्दा ठूलो परिमाणमा लागूऔषधसहित एक भारतीय पक्राउ परेका छन् । गएराति ८:३० बजे लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा गाउँपालिका वडा नं ३ मुस्लिम टोलमा विशेष सूचनाको आधारमा खानतलासी गर्दा भारत बिहार किशनगन्ज थाना दिघलबैङ्क महमारी बस्ने २२ वर्षीय एमडी फारुकको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर फेला परेको थियो ।
उनको साथबाट प्लास्टिकसहित ५५ ग्राम ८७० मिलिग्राम र प्लास्टिकबाहेक ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।
उनलाई सोधपुछ गर्दा भारतको दिघलबैंक आफ्नै घरबाट बोकेर ल्याएको बताएका थिए । लागूऔषध , एक थान भिभो मोबाइल , बीआर ३७ एबी ५८५९ नम्बरको हिरो कम्पनीको मोटरसाइकलसहित उनलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।






