काठमाडौं, १३ साउन २०८३ । प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले उनलाई बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।






