काठमाडौं, १३ साउन २०८३ । अनलाइन सट्टेबाजी गराएको आरोपमा १३ जना पक्राउ परेका छन् । जसमा चार जना सञ्चालक र ९ जना खेल्ने तथा प्रचार प्रसार गर्ने रहेका छन् ।
पक्राउ परेका चार संञ्चालकहरुमा कालिकोटका टेकेन्द्रबहादुर शाही, बर्दियाका विश्व रेग्मी, बर्दियाकै अजय महतरा र आदित्य वाल्मिकी छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
उनीहरूले २ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले बताएको छ । अनुसन्धानपछि सट्टेबाजी खेल्न, खेलाउन प्रयाग भएका ५ हजार ६७० बैंक खाताहरू रोक्का गरिएको छ । यो घटनमा २ जना मलेसियन नागरिकहरू फरार रहेका छन् ।
८ चिनियाँ नागरिकले पनि कल सेन्टरको नाममा यस्तै धन्दा गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहररुमाथि सट्टेबाजीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।






