Online Bichar
बुधबार, साउन १३, २०८३ | Wednesday, July 29, 2026

काठमाडौं, १३ साउन २०८३ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी प्रहरी प्रधान कार्यालय तानिएका छन् । पर्सा प्रहरी प्रमुख सुदीप पाठक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका हुन् ।

उनको ठाउँमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवन भट्टराईलाई खटाइएको छ । बुधबार भट्टराईलाई पर्सा पठाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए ।

केही दिनअघि वीरगन्जको नारायणी अस्पतालमा चिकित्सक कुटिएका थिए । सोही विषयमा चिकित्सक तथा एसपी पाठकसित समेत विवाद बढेको थियो ।

हाल देशभर नै चिकित्सकहरूले आकस्मिक सेवाबाहेक ओपीडी बन्द गरेर आन्दोलित छन् ।

तपाईको प्रतिक्रिया