Online Bichar
बुधबार, साउन १३, २०८३ | Wednesday, July 29, 2026

झापा, १३ साउन२०८३ । झापाको दमकमा खोल्सीमा डुबेको अबस्थामा एकजना पुरुष मृत फेला परेका छन् । आज बिहान दमक-९ एमाले पार्टी कार्यालयनजिकैको खोल्सीमा डुबेको अबस्थामा दमक-९ का ४५ वर्षिय रमेश दर्जी मृत फेला परेका हुन् ।

दमक-९ अन्नपूर्ण टोलमा दर्जी घोप्टो परी मृत अवस्थामा रहेको स्थानीय ३५ वर्षीया कबिता मण्डलले देखेर होहल्ला गरी इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएकी थिइन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली पुगेर अनुसन्धान भइरहेको जनाइएको छ । आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया