Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

                               खगेन्द्र न्यौपाने

जीवनको अस्ताचलमा पुग्नुभएका
श्रद्धेय नेता जी लाई सोधें
अन्तिम इच्छा के छ हजुर !
वहाँले थर्थराउँदै भन्नुभो
माला मञ्च र माईक ।

ठेकदार ब्यापारी र कर्मचारीको टिकटमा
प्लेन चढ्नेहरुलाई सोधें
तपाईंको पावर के छ हजुर !
वहाँले छाती फुकाउँदै भन्नुभो
माला मञ्च र माईक ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

राजनीतिको पहिलो यात्रामा
पाइला राखेको युवालाई सोधें
तपाईंको लक्ष के हो ?
उनले दृढ हुँदै भने
माला मञ्च र माईक ।

देशको चिन्ता गरिरहेको
एउटा नागरिकलाई सोधें
देशको अग्रगमनको बाधक के हो ?
उसले निधार खुम्च्याएर दिक्क हुँदै भन्यो
माला मञ्च र माईक । 

झापा, गौरादह २

तपाईको प्रतिक्रिया