काठमाडौँ, ३० कार्तिक २०८३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने चार जना परीक्षार्थीलाई कडा कारबाही गर्दै दुई वर्षका लागि निष्कासन गरेको छ।
स्नातक तह व्यवस्थापन सङ्कायअन्तर्गत चार वर्षे बीबीएस प्रथम वर्षको नियमित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा त्रिविले ती परीक्षार्थीमाथि कारबाहीको निर्णय गरेको हो। कार्यालयका अनुसार उनीहरूले आगामी २०८४ सालसम्म त्रिविका कुनै पनि परीक्षामा सहभागी हुन पाउने छैनन्।
गत साउन महिनामा सञ्चालित बीबीएस प्रथम वर्षको नियमित परीक्षाको नतिजा केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार आज सार्वजनिक गरिएको हो। परीक्षार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट चभकगति।भहबm।तग।भमग।लउ मार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।
त्यसैगरी, उत्तीर्ण तथा सहभागी विद्यार्थीहरूको लब्धाङ्कपत्र (मार्कसिट) भने सम्बन्धित क्याम्पसहरूले ‘टीयू(ईएमआईएस’ पोर्टलबाट प्रिन्ट गरी वितरण गर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।






