Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

झापा । जनता माध्यमिक विद्यालय गौरादह स्थापनाभएको पचास बर्ष पूरा भए संगौ बिबिध कार्यक्रमले पुसको चिसो पनि तातिएको छ यतिखेर । झापा गौरादह १ मा रहेको यस विद्यालयले सोे अवसर पारेर स्वर्ण महोत्सव बर्ष २०७४ घोषण गरी विद्यालयमा निरन्तर बिबिध कार्यक्रम गर्दै आएकोे छ ।

आज बुधबार गौरादह नगरपालिकाका अन्तर सहकारी महिला समूह बीच गाउँखाने कथा र साइनो केलाउने हजिरि जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । आजै महिला अभिभावक बीच कुर्सी घुमाई ( म्युजिकल चियर ) प्रतियोगिता र विद्यार्थी बीचमा अन्तर माध्यमिक विद्यालय बकतृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको विद्यालयका प्राचार्य बुद्धिमान कार्कीले बताए । उनका अनुसार विद्यालयका अध्ययनरत विद्यार्थीको माझमा पनि स्वर्ण महोत्सव खेलकुद सप्ताह गत आइतबार बाट संचालन भैरहेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

आज भएका प्रतियोगिताहरुमा हजिरजवाफ प्रतियोगिता तर्फ क्रमश ः महारानीझोडा साना किसान महिला कृषि सहकारी प्रथम, शुभलक्ष्मी सहकारी द्वितीय र महारानीझोडा बचत तथा ऋण सहकारी तृतीय भएका थिए । कुर्सी घुमाई प्रतियोगितामा अभिभावक शुशिला पन्त प्रथम, रिता कट्वाल द्वितीय र शान्ता भट्टराई तृतीय भएका थिए । अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता अन्तर्गत डोरामारी माविकी छात्रा मेनुका बिक प्रथम, प्रगति मावि ग्वालडुब्बाकी छात्रा ममता बाँस्तोला द्वितीय र बिद्योदय मावि गौरादहका छात्र मनिस खनाल तृतीय भएका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

२०२४ साल भाद्र – १० गते स्थापना भएको यस विद्यालयले यही बर्षको भाद्र १० गते देखि स्वर्ण महोत्सव बर्ष २०७४ मनाउने निर्णय गरेको थियो । सोही दिन विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा भुपू विद्यार्थी सहयोग समिति काठमाण्डौं समेतको संयुक्त बिस्तारित बैठक र अन्तरक्रिया गरेर स्वर्ण महोत्सव बर्ष सुभारम्भ गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम पोखरेलले बताए । उनका अनुसार यो शैक्षिक शत्र भरि विद्यालयले यसैगरी विबिध कार्यक्रम गरेर स्वर्ण महेत्सव मनाउने छ । स्वर्ण महोत्सव बर्ष २०७४ को समापन समारोह भने फल्गुण महिनाको ४, ५ र ६ गते सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया