Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, झापाको दमकमा यहि पुष २७ गतेबाट संचालन हुनलागेको पाँचौ “दमक महोत्सव २०७४”को मुख्य आर्कषणका रुपमा माउण्ट एयरको हेलिकप्टर रहने भएको छ । साथै हात्ती, घोडा, ऊट पनि हुने छन् ।

आयोजकले महोसत्बलाई थप सभ्य र भब्य बनाउन हात्ति, घोडा, ऊट र माउण्ट एयरको हेलिप्टर समेत चढन पाउने गरिको व्यवस्था मिलाएको जनाएको छ । दशर्कहरुको हरेक चाहनालाई पुरागर्न हात्ति, घोडा, उटमा सवारगर्न चाहनेहरुकालागि यि सवै सुविधा उपलब्ध गराउन लागिएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिए ।

यसै गरि महोत्सवमा दर्शक तथा सर्वसाधारणहरुकालागि हेलिकप्टर सुविधापनि उपलब्ध गराईने अध्यक्ष ढकालले जानकारी दिए । स्थानीय र ताप्लेजुङ स्थित पाथिभरा माताको दर्शनकालागि दूइ वटा प्याकेजमा हेलिकप्टर सेवा उपलब्ध हुने भएको छ । स्थानीय क्षेत्रको अवलोकनकालागि ७ मिनेटको हवाई यात्रा गरे वापत ५ हजार ५ सय रुपैयामा र पाथिभरा दर्शनकालागि ४० हजार रुपैयाको प्याकेज रहेको अध्यक्ष ढकालले जानकारी दिए ।

हात्ती बाहेक अरु सवै कुराको व्यावस्था भइसकेको र चाँडै हात्तिको पनि व्यावस्था मिलाईने भएको छ । दमक उद्योग बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग बाणिज्य संघ दमकको आयोजना यही पौष २७ देखि माघ ८ सम्म महोत्सव हुनलागेको हो । दमक नगरपालिका संरक्षक रहेको महोत्सवमा १ सय ५२ वटा विभिन्न स्टलहरु रहने संयोजक राजन दंगालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया