Online Bichar
शुक्रबार, कार्तिक २१, २०८३ | Friday, November 6, 2026

काठमाडौं, २० कार्तिक २०८३ । तिहार अघिको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। परिसूचक २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेको हो। नेपालीहरूको दसैंपछिको महान चाड तिहार भोलिदेखि सुरू हुँदैछ।

यसदिन ३३६ वटा स्क्रिप्सको १ करोड ७ लाख १३ हजार ८४२ कित्ता सेयर ३ अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ रुपैयाँमा खरिदबिक्री भए। यसदिन सेयर बजार सकारात्मक भए पनि कारोबार रकम भने बिहीबारको तुलनामा घटेको छ। बिहीबार ४ अर्ब ७२ करोडमाथिको कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये १५८ वटा स्टक्सको मूल्य बढ्दा १०७ वटाको घट्यो। बाँकी १४ वटा स्टक्सको मूल्य स्थिर रह्यो। क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक १४.०८ प्रतिशतले बढ्यो। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर ५.७८ प्रतिशतले बढ्दा राष्ट्रिय बिमा कम्पनीको ३.४२ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट इन्डस्ट्रिज शीर्षस्थानमा रह्यो। सो कम्पनीले २१ करोड मूल्य बराबरको कारोबार गर्यो। स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले १२ करोडको कारोबार गर्दा रिलायन्स स्पिनिङ्गस मिल्सले ११ करोड,घलेम्दी हाइड्रोले १० करोड र सानिमा माइ हाइड्रोपावरले ९ करोड मूल्य बराबरको कारोबार गरे।

अदर्श समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिए।

तपाईको प्रतिक्रिया