Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

काठमाडौं, १ मंसिर २०८३ । छठ पर्वपछि खुलेको साताको पहिलो कारोबार दिन पनि लगानीकर्ता उत्साहित देखिएनन् । मंगलबार (मंसिर १) नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको हो ।

तिहार बिदापछिको पहिलो सेयर बजार पनि निकै सुस्ताएको थियो । यसअघि शुक्रबार (कात्तिक २७) खुलेको बजारमा नेप्से सूचक ६.३२ अंकले घटेर २६४८.८९ विन्दुमा बन्द भएको थियो ।

मंगलबार लगानीकर्ताले चार अर्ब ७३ करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार गरेका नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । त्यसमा एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर ४८ हजार ७८८ पटक कारोबार भएको छ ।

यस दिन बजारमा ३५३ स्क्रिप्टको कारोबार हुँदा ८६ वटाको मात्र सेयर मूल्य बढ्यो । १८५ वटाको सेयर मूल्य घट्यो । बाँकी नौवटाको सेयर मूल्य स्थिर रह्यो ।

सबैभन्दा बढी कमाउने कम्पनीमा अपर लोहोर खोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र एपोलो हाइड्रोपावर छन् ।

सबैभन्दा बढी गुमाउने कम्पनीमा एभरेस्ट कलर लिमिटेड, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था छन् ।

उपसमूहअन्तर्गत म्युचुअल फन्डको मात्र सेयर मूल्य बढ्यो । बाँकी सबैको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

तपाईको प्रतिक्रिया