Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

झापा, १ मंसिर २०८३ । झापाको मेचीनगर १५ निलकोठीस्थित नेचर हिमालय चिया फ्याक्ट्रीमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।

आज दिउँसो१ः५० बजे मेचीनगर-१५ निलकोठीस्थित नेचर हिमालय चिया फ्याक्ट्रीमा मेसिनबाट अचानक आगलागी भएको हो । आगलागीबाट मेसिन र सुकाउँदै गरेको चिया जल्दा ३० लाख बराबरको क्षति भएको छ ।

आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी ज्यामिरगढीबाट प्रहरी सहायक निरीक्षक दिनाराज दाहाल र प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक किरण राईको कमाण्डमा प्रहरी टोली खटिएको थियो । भद्रपुर र मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीहरुको सहयोगमा उक्त आगो दिउँसो २ः२५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया