Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

झापा – जनता माध्यमिक विद्यालय गौरादह– १ झापाले स्वर्ण महोत्सव बर्ष – २०७४ बिबिध कार्यक्रम गरेर मनाउदै आएको छ । स्वर्ण महोत्साव मूल समारोह समितिको आयोजनामा आज शुक्रबार स्वर्ण महोत्साव तयारी विस्तारित बैठक विद्यालयमा सम्पन्न गरेको छ ।

स्वर्ण वर्षमा गरिने विभिन्न कार्यक्रमको जानकारी गराउने तथा राय सल्लाह सुझाब लिने उद्देश्यले सरोकारवाला र भुपु विद्यार्थी बीच अन्तरक्रिया तथा छलफल भएको सो बिस्तारित बैठकका सहभागिहरुले महोत्सव सफल पार्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् । छलफलमा सहभागि पूर्व संसद दिपक कार्कीले जमावि गौरादह यस क्षेत्रको गौरब भएको र यसको उन्नती र प्रगतिमा स्वर्ण महोत्सवको भूमिक एवम् प्रभावकारिता उल्लेखनीय हुने बताए ।

विद्यालयका प्राचार्य बुद्धिमान कार्कीले छलफलामा विद्यालयको भावि योजना तथा स्वर्ण बर्ष बिशेष अभिभावक, विद्यार्थी, तथा समुदाय बीच गरिने बिबिध कार्यक्रमको जानकारी गराउनुका साथै महोत्सव भब्यताकासाथ सम्पन्न गर्न सबै पक्षको उत्तिकै सहयोग आवस्यक रहेको बताए । काठमाण्डौंको भुपु विद्यार्थी सहयोग समितिले स्वतस्र्फुत विद्यालयको स्वर्ण बर्ष – २०७४ विशेष बिबिध गतिबिधि गर्दै रहेकोमा आभार ब्यक्त गर्दै सो समितिबाट विद्यालय धेरै आसाबादी रहेको समेत जानकारी गराए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागिका तर्फबाट भुपु शिक्षक कृष्ण न्यौपाने, पुर्व विद्यार्थी चक्रपाणी बराल, देवेन्द्र खड्का, गौरादह बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख भोजराज दहाल तथा स्मारिका प्रकाशन समितिका संयोजक गोपाल प्रसाद काफ्ले , निर्देशक समिति संयोजक यादवराज सेंडाई लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रममा सहभागि सबैले स्वर्ण महोत्सव बर्षलाई अधिकतम उपयोगी र सफल बनाउन लगिपर्ने बताए ।

कार्यक्रममा स्वर्ण महोत्सव सम्पन्न गर्न विभिन्न समिति निर्माण गरिएको समेत जानकारी दिइएको थियो । सल्लाहकार संयोजक पूर्व सांसद दिपक कार्की, मूल समारोह समिति संयोजक व्यवस्थापन समिति अध्यक्ष श्याम पोख्रेल, निर्देशन समिति संयोजक यादवराज सेडाईं, आर्थिक समिति संयोजक प्रधानाध्यापक बुद्घिमान कार्की, प्रचार प्रसार संयोजक शिक्षक दिपक सुवेदी, स्मारिका प्रकाशन संयोजक पूर्व शिक्षक गोपालप्रसाद काफ्ले, स्वर्ण स्तम्भ निर्माण समिति संयोजक शिक्षक मित्रदेव काफ्ले, स्वयंसेवक परिचालन समिति संयोजक शिक्षक चन्द्रबहादुर खड्का, अतिरिक्त क्रियाकलाप समिति संयोजक शिक्षक डण्डिराज घिमिरे, अतिथि सत्कार मञ्च व्यवस्थापन संयोजक विद्यालय व्यवस्थापन समिति सदस्य शान्ता दाहाल लगाएत रहेको जनाइएको छ । स्वर्ण महोत्सवको समापन समारोह भब्य कार्यक्रमका बीच आउदो फल्गुण ४, ५ र ६ गते सम्पन्न हुने प्राचार्य कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments