Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

एमाले र माओवादी केन्द्रले तत्काल स्पष्ट कार्यसूची बनाउदै र तिनको वस्तुसंगत प्राथमिकिकरण गरी पार्टी एकता तथा सरकार गठनको पहलकदमीलाई तत्काल अघि बढाउन आवस्यक छ – नेकपा माओवादी केन्द्रका युवा नेता सि.पी कडरियाले पार्टी एकता तथा सरकार गठनको बिषयमा अनलाइन बिचार संग गरेको कुराकानीमा आधारित ः

– पार्टी एकताको सवाल जनअनुमोदित भैसकेको संदर्भमा एउटा पक्ष मा देखापरेको चरम दम्भ ( कि उन्माद ?) र अर्को पंक्ति मा देखा परेको हतारो ( कि अदूरदर्शिता ?) दुवै सार्थक पार्टी एकताका लागि घातक छन ।

– सरकार निर्माण र पार्टी एकताको सवालमा शक्ति साझेदारी को सवाललाई संतुलित एवम् सम्मानजनक ढंगबाट समाधान खोजिनु पर्छ । सरकार संचालनको लागि कमरेड के. .पी .ओली लाई ५ वर्ष सरकार संचालन को नेतृत्व र कमरेड प्रचण्डलाई पार्टी संचालन को जिम्मेवारी विन्यास गर्ने कुरामा दुविधा सृजना नगरौं ।

– कम्तीमा पार्टी एकताको सवाललाई नितान्त प्राविधिक सवालमा सिमित गर्ने महाभूल नगरौं । विचार , दृष्टिकोण र आगामी कार्यिदशा निर्माणको सवाललाई बहसको मु्ख्य केन्द्रविंदु बनाऔँ ।

– झट्ट हेर्दा सामान्य जस्तो लाग्ने तर सिंगो शान्ति प्रकृया र समग्र राजनैतिक अध्याय मा निकट भविश्यमै करिब निर्णायक धुरी बन्न सक्ने …साथै निकट केही महिना भित्रमै सिंगो राजनैतिक अध्यायलाई नै चुनौती खडा गर्नसक्ने सत्य निरुपण तथा मेलमिलाप आयोगको समयसिमा आगामि माघ २३गते समाप्त हुँदैछ ।

– लाखौं द्वन्दकालीन मुद्धाहरु निदाएको बाहना बनाएर थन्किएका छन । आयोगलाई अहिलेसम्म के गर्यो ? किन निकम्मा बन्यो ? यसलाई सामान्य अर्थमा नलिइयोस ।

अब आयोगको कानुनी विकल्प के ? यसको निकासको लागि विध्यमान ऐन सम्सोधन र तदनुरूप कानुन निर्माणको विषयलाई अहिलेको मु्ख्य कार्यसूची बनाएर अगाडि नबढाएको खण्डमा सरकार निर्माण , पार्टी एकता, शक्ति साझेदारी जस्ता सारा प्रश्नहरु छायाँमा पर्ने स्पष्ट संकेत देखापरिसकेको छ ।
विशेषगरी वाम गठबंधन र एकताका अगुवाहरु र सूत्राधारहरुको ध्यान किन यतातिर नगएको ? अतः स्पष्ट कार्यसूची बनाउ र तिनको वस्तुसंगत प्राथमिकीकरण गरी पार्टी एकता तथा सरकार गठनको पहलकदमीलाई बढाउ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments