Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

झापा, २ वैशाख २०८२ । झापामा जंगली हात्तीले लखेट्दा एकजना व्यक्ति लडेर घाइते भएका छन् । आज (मंगलबार) बिहान अन्दाजी १० बजे कालीझोडा सामुदायिक वनमा दाउरा खोज्न जाँदा एक्कासि एउटा जंगली हात्ती आई लखेट्दा भाग्ने क्रममा लडेर मेचीनगर नगरपालिका१२ कालिका बस्ने ३२ वर्षीय सन्तोस लिम्बू घाइते भएका हुन् ।

घाइते अवस्थामा उनकै भाई सुजन लिम्बूले फेला पारी उपचारको लागि बिर्तासिटी अस्पताल लिएर आएका छन् । उनको बाँया खुट्टा भाच्चिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया