Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

काठमाडौं, १५ वैशाख २०८३ । अविरल वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

प्रहरीका अनुसार काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै राजमार्ग बन्द गरिएको हो। वर्षाका कारण सडकमा पहिरो जान सक्ने तथा यात्रा जोखिमपूर्ण हुन सक्ने भएकाले आवागमन रोकिएको जनाइएको छ।

मौसममा सुधार आएपछि मात्रै राजमार्ग सञ्चालनमा ल्याइने प्रहरीले स्पष्ट पारेको छ। साथै, राजमार्ग सुचारु सम्बन्धी आधिकारिक सूचना पनि मौसम सुधारपछि मात्र सार्वजनिक गरिने बताइएको छ।

प्रहरीले यात्रुहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न तथा यात्रा गर्नुपरेमा १०० र १०३ नम्बरमा सम्पर्क गरेर जानकारी लिएर मात्रै अघि बढ्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया