Online Bichar
मंगलबार, बैशाख १५, २०८३ | Tuesday, April 28, 2026

काठमाडौं, १५ वैशाख २०८३ । साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ।

सोमबार नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेको थियो। सो दिन ४ अर्ब ७४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।यसदिन ३४९ स्क्रिप्सको १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २१३ वटाको घट्यो। १४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुने सकेन। कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १४.९९ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज शीर्षस्थानमा रह्यो। सो कम्पनीले ५८ करोड बराबरको सेयर गर्यो। यसैगरी रिलायन्स स्पिनिङ्ग मिल्सले ३४ करोडको सेयर कारोबार गर्दा कर्पोरेट डेभलपमेन्ट बैंकले ३० करोड,सोलु हाइड्रोपावरको २८ करोड र कुमारी बैंकको २२ करोड मुल्य बराबरको सेयर कारोबार भयो। अदर्श समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।

तपाईको प्रतिक्रिया