Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

बाजेको सेकुवाले बुटवलमा पनि शाखा खोलेको छ।बाजेको सेकुवाको यो १३औं आउटलेट हो।बुटवलको इट फूड प्रालिले बुटवलका लागि फ्रेन्जाइजी पाएको हो।डेढ करोड लगानीमा आउटलेट संचालनमा ल्याएको इट फूडका अध्यक्ष कुलचन्द्र पाण्डेले बताए।

होटल व्यवसायी महासंघका पुर्व अध्यक्ष माधव नेपालले होटल नगरिको रुपमा पहिचान बनाएको बुटवलमा बाजेको सेकुवा आउनु सकारात्मक भएको बताए ।कार्यक्रममा बाजेको सेकुवा भेन्चरका सुन्दरविक्रम शाहले काठमाण्डौमा बाजेको सेकुवाले एउटा ब्रान्ड स्थापना गरेको बताउँदै फ्रेन्चाईजी मोडलमा शाखा विस्तार गरिरहेको बताए।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल लगायत सहभागी थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments