Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

झापा, २२ वैशाख २०८१ । झापाको बिर्तामोडमा बस दुर्घटना हुँदा गौरीगञ्जका २७ जना घाइते भएका छन् । गौरीगञ्जबाट सिटिसेन्टर बिर्तामोडको वाइसिएलको कार्यक्रममा कार्यकर्ता लिएर आउँदै गरेको को१ ख ३००९ नम्बरको बस आफै अनियन्त्रीत भई आज दिउँसो अन्दाजी १ः४५ बजे बिर्तामोड- २ स्थित चारपानेमा बस सडकको उत्तर साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडको सिटी सेन्टरमा आज माओवादी केन्द्रनिकट वाइसिएलको छैटौँ जिल्ला अधिवेशन आयोजना गरिएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा गौरीगञ्ज गाउपालिका-४ का २४ वर्षिय चमारु मालि, सोही ठाउँका वडा नं. १ का १९ वर्षिय रवि कोच, २२ वर्षिय अजय कोच, वडा नं. २ का २० वर्षिय शंकर आस्था, २९ वर्षिउ प्रेमोद ताजपुरीया, गौरीगञ्ज१ का २२ वर्षिय भरत राजवंशि, वडा नं. २ का वर्षिय मोहित कुमार ताजपुरीया, ४७ वर्षिय शिब मुर्मु, २० वर्षिय अशोक ताजपुरीया, ३२ वर्षिय गंगालाल राजवंशि, ४० वर्षिय सुर्य प्रसाद राजवंशी, वडा नं. ४ का ४४ वर्षिय रमेश्वर मालि, १४ वर्षिय झलनाथ राजवंशी, १८ वर्षिय नरेश प्रसाद राजवंशि, ३० वर्षिया मेनुका राजवंशी, वडा नं. ५ कि २५ वर्षिया सुनिता राजवंशी, ३५ वर्षिया सहुना राजवंशि, वडा नं. ३ बस्ने ५६ वर्षिय राजेन्द्र राई, वडा नं. २ बस्ने १४ वर्षिय राहुल ताजपुरीया, वडा नं. १ बस्ने २४ वर्षिय निर्मल राजवंशी, २० वर्षिय खगेन्द्र राजवंशि, वडा नं. २ बस्ने २२ वर्षिय अजय कुमार ताजपुरीया, ४० वर्षिय मिनिराज राई, ५५ वर्षिय हंसिनारायण राजवंशी, १९ वर्षिय दिपक बास्के, ४४ वर्षिय मोति नेपाल र ४४ वर्षिय चक्र भुजेल रहेका छन् । दुर्घटनामा परेका सबै घाइतेलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया