Online Bichar
शुक्रबार, जेठ ०४, २०८१ | Friday, May 17, 2024

काठमाडौँ, २० वैैशाख २०८१ । संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । संघीय संसद्को हिउँदे तेस्रो अधिवेशन यही वैशाख २ गतेदेखि अन्त्य गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया